Logo

Jun 20 2025 | २०८२, असार ६ गते

Jun 20 2025 | २०८२, असार ६ गते

सिरोहियालाई थप उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पताल ल्याइयो

सिरोहियालाई थप उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पताल ल्याइयो

  • काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप उपचारका लागि जनकपुरबाट एयरलिफ्ट गरी ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पताल ल्याइएको छ ।

    images
    images
    images
    प्रहरी हिरासतमै रहेका बेला स्वास्थ्य बिग्रिएपछि उपचारका लागि जनकपुरस्थित काव्या अस्पतालमा भर्ना गरिएका उनलाई थप उपचार तथा थप परीक्षणका लागि मेडिसिटी रेफर गरिएको हो ।उनलाई दिउँसो करिब साढे तीन बजेतिर हेलिकप्टरमार्फत मेडिसिटी अस्पताल ल्याइएको हो ।

    सोमबार तेस्रोपटक तीन दिनको म्याद थप गर्दा धनुषा जिल्ला अदालतले सिरोहियाको स्वास्थ्य अवस्था प्रतिकूल रहेका कारण उपयुक्त अस्पतालमा लगेर नियमित स्वास्थ्य परीक्षण गरिरहेका चिकित्सकबाट परीक्षण गर्न उपयुक्त हुने आदेश दिएको थियो । सोही आदेशअनुसार काव्य अस्पतालले अध्यक्ष सिरोहियाले नियमित परीक्षण गराइरहेको मेडिसिटी अस्पताल ल्याइएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij