
Jun 20 2025 | २०८२, असार ६ गते
काठमाडौं । पर्वतमा युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ परेका छन् ।
जलजला गाउँपालिका वडा नम्बर ४ का ३२ वर्षीय सागर बहादुर मल्ल, २१ वर्षीय आकाश केसी, २२ वर्षीय सन्देश क्षेत्री र म्याग्दी बेनी नगरपालिका-४ का ३६ वर्षीय कुशल मल्ल पक्राउ परेका छन् ।
उनीहरूलाई प्रहरी चौकी मिलनचोकबाट खटिएको टोलीले सोमबार दिउँसो पक्राउ गरेको हो । उनीहरूविरूद्ध २१ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको उजुरी छ । सोही उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij