Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

करिब ३६ करोडलगानीमा भद्रकाली परिसरको पुनर्निर्माण थालिँदै

करिब ३६ करोडलगानीमा भद्रकाली परिसरको पुनर्निर्माण थालिँदै

  • काठमाडौं । काठमाडौं भद्रकाली मन्दिर क्षेत्रमा भएका संरचनाहरुको पुनःनिर्माणको काम दक्षिण पश्चिम भागबाट सुरु गर्ने निर्णय भएको छ । यसको निर्माण लागत करिब ३६ करोड हुने अनुमान छ ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा ‘लुमधि भद्रकाली मन्दिर परिसरका संरचनाहरुको पुनःनिर्माण सम्बन्धमा’ मंगलबार बसेको बैठकले पुननिर्माण हुने ठाउँहरु गुठी संस्थान र लुमधी भद्रकाली व्यवस्थापन समितिले खाली गराउने निर्णय गरेको छ ।

    AGNI GROUP
    बैठकले सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतको संयोजकत्वमा सहजीकरण समिति गठन गरेको छ ।

    समितिको सदस्यहरुमा वडा नम्बर ११ का अध्यक्ष हीरालाल तण्डुकार, वडा २२ का अध्यक्ष चिनीकाजी महर्जन, सहरी योजना आयोगका सदस्य बाबुराम भट्टराई, लुमधी भद्रकाली मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर महर्जन, समितिका पूर्व अध्यक्ष गौतम डंगोल, पुरातत्व विभाग र गुठी संस्थानका प्रतिनिधि छन् । समितिको सदस्य सचिवमा सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई छन् ।

    सहजीकरण समितिले मन्दिर परिसरका संरचना पुनरुत्थान गर्ने क्रममा अभिलेखन, निर्माण सामग्रीको व्यवस्थापनसहित पुनर्निर्माणको काममा सहजीकरण गर्नेछ ।

    बैठकले मन्दिर क्षेत्रमा भएका संरचना, शिल्प र शैलीको अभिलेखन (अवस्था तथा तथ्यको विवरण) तयार पार्न पुरातत्व विभागलाई अनुरोध गर्ने, अहिलेको संरचना भत्काएपछि संकलन हुने निर्माणजन्य सामग्रीलाई पुरातत्व विभाग, गुठी संस्थान, लुमधी भद्रकालीे व्यवस्थापन समितिसहितको सहजीकरण समितिले समन्वय र व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

    वैठकमा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, सम्पदा तथा पर्यटन विभाग, सार्वजनिक निर्माण विभाग, सहरी व्यवस्थापन विभाग, पुरातत्व विभाग, वडाध्यक्षहरु, मन्दिर व्यवस्थापन समितिका प्रतिनिधि सहभागी थिए ।

    मन्दिरको पश्चिम, उत्तर र दक्षिणतिर पाटी सत्तललगायत भवन संरचना छन् । यसको पुनर्निर्माणको लागत अनुमान करिब ३६ करोड रुपैयाँ छ ।

    पुनर्निर्माणका लागि बोलपत्रबाट निर्माण पक्ष छनोट गरेर सम्झौता भइसकेको छ । वरिष्ठ इञ्जिनियर रवीन्द्र रिजालका अनुसार निर्माण पक्षसँग ३४ करोड ८० लाख ७१ हजार रुपैयाँमा सम्झौता रकम तय भइसकेको छ । यसको निर्माण अवधि तीन वर्ष हुनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij