Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

महानगर यातायात

नक्कली महानगर यातायातको बिगविगी पछि सक्कली महानगरको आपत्ती

नक्कली महानगर यातायातको बिगविगी पछि सक्कली महानगरको आपत्ती

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगर यातायात प्रा.लि.ले आपत्ति जनाएको हो ।

  • काठमाडौं । महानगर यातायात प्रा.ली. को नाम, रंग र डिजाइन समेत नक्कल गरि सोही आकार प्रकारको बस यात्रु झुक्याउने गरि सोही रुटमा चलेको भन्दै सक्कली महानगर यातायात प्रा.लीले आपत्ति जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगर यातायात प्रा.लि.ले आपत्ति जनाएको हो । प्रा.लि.ले जारी गरेको विज्ञप्तीमा हाल प्रा.लिकै नाममा रंग रोगन गर्दै बसले यात्रु झुक्याउने र नक्कली महानगर यातायातले पैदल यात्रीलाई ठक्कर दिएर भागेपछि पीडितहरुले प्रहरीमा खवर गरि महानगर यातायातको कार्यालय पुग्ने गरेको उल्लेख छ ।

    AGNI GROUP

    यात्रु झुक्याउने गरि एउटै नाम र रंगका बस सोही रुटमा चलिरहँदा सञ्चालकले मात्रै होइन यात्रुहरुले समेत विविध समस्या झेलिरहेको प्रा.लि.को भनाई छ । यसबारे पटक पटक सम्वन्धित निकायहरुको ध्यानाकर्षण गराउँदा पनि कुनै कार्वाही नभएको र यस्तो अवस्थामा महानगर यातायात प्रालिले अनावश्यक झन्झट ब्यहोर्नुका साथै कयौं पटक त केही वसहरुको नियमित सेवा समेत रोकिने गरेको उनिहरुको भनाई छ ।

    यस बापत यात्रुहरुले पाएको दुख र कम्पनीलाई भएको आर्थिक घाटाको त कुनै लेखाजोखा नरहेको महानगरका यातायात व्यवसायीहरुको भनाई छ । अनुसन्धान पछि यथार्थ पत्ता लाग्दापनि दुर्घटना गराउने गाडी चिन्न नसक्दा पीडितले न्याय पाउन नसकेको महानगर यातायात गुनासो रहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट