
Jun 18 2025 | २०८२, असार ४ गते
काठमाडौं। प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडले १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।
हाललाई कम्पनीकै अन्य विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने गरि कम्पनीले उक्त सेयर बिक्रीमा राखेको हो ।
यस सेयरको बिक्रीमूल्य प्रतिकित्ता ६२.५ रुपैयाँ तोकिएको छ । सेयर खरीद गर्न इच्छुक संस्थापक सेयरधनीले असार ३२ गतेभित्र आफूले खरीद गर्न चाहेको सेयर विवरण खुलाएर निवेदन दिनु पर्नेछ ।
तोकिएको म्यादभित्र संस्थापक सेयरधनी बाट आवेदन प्राप्त नभएमा सर्वसाधराणका लागि उक्त सेयर बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij