
Jun 18 2025 | २०८२, असार ४ गते
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले एआईजीमा हालै बढुवा भएका गणेशबहादुर ठाडा मगरलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
मन्त्रिपरिषद्को सोमबारको निर्णयले मगरलाई एआईजीमा बढुवा गरेको थियो ।
आईजी अर्यालले मगरलाई हार्दिक बधाई सहित थपिएको जिम्मेवारीलाई उत्तरदायी भई पूर्ण व्यवसायिकता साथ निर्वाह गर्न शुभकामना दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij