Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

महिलाहरुलाई उद्यमी बनाउन दुनाटपरी तालिम प्रदान

महिलाहरुलाई उद्यमी बनाउन दुनाटपरी तालिम प्रदान

  • काठमाडौं । कञ्चलपुरको शुक्लाफाँटा नगरपालिका-५ को कार्यालयले महिलाहरुलाई दुनाटपरी बनाउने तालिम प्रदान गरेको छ । नगरपालिकाले वडाका २० जना महिलाहरुलाई तालिम प्रदान गरेको हो । 

    onlinepatrika
    Arghakhachi

    घरायसी कामकाजका लागि बनाइँदै आएको दुनाटपरीलाई व्यावसायिक बनाउन महिलाहरुलाई तालिम प्रदान गरिएको वडा अध्यक्ष चक्रबहादुर खड्काले जानकारी दिए । जेठ २८ गते सञ्चालन गरिएको ७ दिने दुनाटपरी बनाउने तालिम आइतबार सम्पन्न भएको अध्यक्ष खड्काले बताए । वडा नं.५ का सदस्य दिपा कुँवरको अध्यक्षमा दुनाटपरी बनाउने तालिम प्रदान गरिएको हो ।

    AGNI GROUP

     स्थानीय स्रोतको सदुपयोग गर्न दुनाटपरी तालिम प्रदान गरिएको बनाउन सकिने भएकाले वडाका २० जना महिलाहरुलाई तालिम दिइएको वडा अध्यक्ष खड्काले बताए ।

    ‘स्थानीय स्तरमै पाइने सालका पातहरुबाट दुना र टपरी बनाउन सकिन्छ, वडाबासीलाई सीपमुलक तालिम सिकाएर आत्मनिर्भर बनाउने वडाको योजना अनुसार यो तालिम सञ्चालन गरेका हौं’, उनले भने, ‘यस तालिममा हामीले २० जनालाई मात्रै सामावेश गर्न सक्यौं, अन्यलाई पनि आवश्यकताको आधारमा सीपमलुक तालिम दिनेछौं ।’ वडा कार्यालयसँग बजेट थोरै भएको बताउँदै वडा अध्यक्ष खड्काले जनताका आधारभूत आवश्यकतालाई प्राथमिकता दिएर काम गर्दै आएको बताए । 
     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij