Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिकामा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । गर्मी छल्न कुलोमा नुहाउने क्रममा डुबेर लम्कीचुहा नगरपालिका-५ थापापुरका १८ वर्षीय कैलाश विष्टको मृत्यु भएको हो
जानकी गाउँपालिका–५ अमौरास्थित कुलरिया खर्गौली बडका बिच्की कुलोको इन्टेकमा नुहाउने क्रममा विष्ट मंगलबार दिउँसो पानीमा डुबेको प्रहरीले जनाएको छ। सात जना सँगै नुहाइरहेका बेला उनी पानीमा डुबेर बेपत्ता भएका थिए। विष्ट स्थानीय राष्ट्रिय माविबाट यस वर्ष एसइई परीक्षा दिएर बसेका विद्यार्थी हुन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij