
Jun 17 2025 | २०८२, असार ३ गते
काठमाडौं । सिरहामा डुबेर दुई बालकको पोखरीमा मृत्यु भएको छ । नरहा गाउँपालिका-३ खोरियाटोलका शुशील मण्डलको छोरा ६ वर्षीय राहुल मण्डल र सुशीलकै भान्जा करिब ८ वर्षीय आशिष मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पोखरीमा मृतावस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी पञ्चकुमार बाखुले जानकारी दिए ।प्रहरीले आवश्यक प्रक्रिया पुरा गरी शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल सिरहा लगेको छ ।
यस क्षेत्रमा जथाभाबी ग्राभेल उत्खनन गरिँदा बनेको खाल्डोमा जमेको पानीमा डुबेर बर्सेनि बाल बालिकाको मृत्यु हुने गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij