Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

हिरासत कक्षमा पुस्तकालय स्थापना

हिरासतमा पुस्तकालय स्थापनाका लागि पुस्तक प्रदान

हिरासतमा पुस्तकालय स्थापनाका लागि पुस्तक प्रदान

इलाका प्रहरी कार्यालय रामपुरको हिरासत कक्षका लागि १५० थान पुस्तक प्रदान गरेको हो ।

  • काठमाडौं । कालीगण्डकी फाउन्डेसन नेपालले प्रहरी हिरासत कक्षमा पुस्तकालय स्थापनाका लागि पुस्तक प्रदान गरेको छ । इलाका प्रहरी कार्यालय रामपुरको हिरासत कक्षका लागि १५० थान पुस्तक प्रदान गरेको हो । 

    onlinepatrika
    Arghakhachi

    विभिन्न मुद्दामा हिरासतमा राखिने थुनुवा बन्दीलाई लक्षित गरी स्थापना गर्न लागिएको पुस्तकालयका लागि मङ्गलबार पुस्तक हस्तान्तरण गरिएको हो । पुस्तक हस्तान्तरण गर्दै कालीगण्डकी फाउन्डेसन नेपालका सल्लाहाकार सन्दिप रानाले पुस्तकले हिरासतमा आउने व्यक्तिहरूलाई सजाय भन्दा पनि सकारात्मक मार्गमा हिँड्न प्रेरित गर्ने बताउनुभयो । पुस्तकालयले प्रहरी र थुनुवाको दैनिकीसँगै आचरण तथा व्यवहार परिवर्तन गर्न सहयोग पुर्‍याउने बताउनुभयो । 

    AGNI GROUP

    रामपुर–४ का वडाध्यक्ष रामबहादुर रानाले पुस्तकले व्यक्तिको जीवन परिवर्तनसँगै समाज रूपान्तरणमा महत्त्वपूर्ण टेवा दिने बताउनुभयो । कालीगण्डकी फाउन्डेसन नेपालका अध्यक्ष निलकण्ठ भण्डारीले हिरासतमा आउने व्यक्तिहरूलाई पुस्तकमा रमाउन र नैरास्यता हटाएर सकारात्मक सोच सहित अघि बढ्न उत्प्रेरणा प्रदानका लागि पुस्तक प्रदान गरिएको बताउनुभयो ।

    पुस्तकालयमा प्रसिद्ध लेखकका साहित्यिक पुस्तकसँगै विभिन्न विधाका पुस्तक रहेका छन् । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामबहादुर नेपालीले शिक्षा बाट नै समाज परिवर्तन हुन्छ भन्ने मान्यतालाई अनुसरण गर्दै हिरासत कक्षमा पुस्तकालय स्थापना गर्न लागिएको जानकारी दिनुभयो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट