Logo

Jun 17 2025 | २०८२, असार ३ गते

Jun 17 2025 | २०८२, असार ३ गते

एआईजी जोशीको अवकाश

एआईजी जोशीको अवकाश

  • काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमेशराज जोशी सेवा निवृत्त भएका छन् । मंगलबार राति १२ बजेबाट उनी अनिवार्य अवकाशमा भएका हुन् ।

    images
    images
    images

    निमित्त आईजी टेकप्रसाद राईले एक कार्यक्रमकाबीच जोशीलाई बिदाइ गरेका थिए ।

    images

    अवकाशमा गएका जोशी ५ चैत २०५१ मा प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका थिए । एआईजी जोशी प्रहरी नियमावली २०७१ बमोजिम ५६ वर्ष उमेर हदको कारण अवकाश भएका हुन् ।

    जोशीका ठाउँमा बढुवा गर्न डीआईजी पोषराज पोखरेललाई यसअघि नै सिफारिस गरिएको छ । जोशी अवकाशमा गएसँगै पोखरेललाई एआईजीमा बढुवा गर्ने बाटो खुलेको छ ।

    एआईजी बढुवा भए पनि पोखरेल पनि २१ असारबाटै अवकाशमा जानेछन् । उनी २ दिन मात्रै एआईजीको भूमिकामा रहनेछन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij