Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

बागमती पुलमुनि मृत भेटिएका युवकको सनाखत , हत्याको आशंका

बागमती पुलमुनि मृत भेटिएका युवकको सनाखत , हत्याको आशंका

  • काठमाडौं । काठमाडौं थापाथलीस्थित बागमती पुलमुनि मृत भेटिएका युवक बैतडीका भएका खुलेको छ । बैतडी पुचौडी नगरपालिका–८ मल्लादेही घर भई हाल मैतिदेवी बस्ने वर्ष २४ को गोविन्द बहादुर बोहरा रहेको प्रहरी अनुसन्धानमा खुलेको हो ।

    onlinepatrika
    Arghakhachi

    असार १७ गते साँझ अन्दाजी ५ बजेको समयमा नदीले बगाई ल्याएको अवस्थामा थापाथलीस्थित बागमती पुलमुनी उनको शव फेला परेको थियो । प्रहरीले शव पोष्टमार्टमका लागि फरेन्सिक मेडिसिन विभाग महाराजगञ्ज पठाएकोमा मृतकका काका हाल किर्तिपुर–६ चारघरे बस्ने वर्ष २८ का महेश बोहराले मृतकको सनाखत गरेका हुन् ।

    AGNI GROUP

    मृतक गोविन्द असार १५ गते पशुपति क्षेत्रबाट हराई बेपत्ता भएको भएको महेशले प्रहरीसँग बताएका छन् । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij