Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

कटहरिया नगरपालिकाका प्रमुख प्रकाशसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

कटहरिया नगरपालिकाका प्रमुख प्रकाशसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  • काठमाडौं । रौतहटको कटहरिया नगरपालिकाका प्रमुख अजय प्रकाशसहित ११ जनाविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    जमुनिया बजारमा रहेको अधुरो सामुदायिक भवनमा आव २०७८/०७९ मा टायल्सको काममा कमसल कार्य गरी अनियमितता गरेको आरोपमा उनीहरूविरूद्ध मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । उनीहरूले १२ लाख ५२ हजार रूपैयाँभन्दा बढी अनियमितता गरेको आयोगले जनाएको छ ।

    AGNI GROUP

    आरोपपत्रमा प्रकाशसहित उपप्रमुख रीता देवी, प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश साह, इन्जिनियर राजेश कुमार साह, योजना शाखा प्रमुख राम नरेश प्रसाद यादव, कार्यापलिका सदस्य समिश विक्रम शाह, कार्यपालिका सदस्य मनोज प्रसाद जैसवाल र इन्जिनियर मो. मकसुद आलमलाई प्रतिवादी बनाइएको छ ।

    यस्तै, बौद्धिमाई उपभोक्ता समिति अध्यक्ष सरोज कुमार साह, कोषाध्यक्ष बबिता कुमारी चौधरी र सचिव योगेन्द्र साहलाई पनि प्रतिवादी बनाइएको छ ।

    उनीहरुलाई बिगोसहित कैद माग गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij