Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौं । तेह्रथुमको लालिगुराँस नगरपालिकामा आमाको हत्या आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ। सोही नगरपालिका-८ सोल्मा तेजेन्द्र चोक बस्ने ४६ वर्षीया तिलमाया नेपालीको हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय छोरा दिपक नेपालीलाई पक्राउ गरेको हो।
बिहीबार दिउँसो दिपकले आफ्नी आमामाथि खुकुरी प्रहार गरी हत्या गरेको आरोप छ।
हत्या भएको खबरपछि जिल्ला प्रहरी कार्यालय तेह्रथुम, इलाका प्रहरी कार्यालय बसन्तपुर र प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij