
Jun 14 2025 | २०८२, जेठ ३१ गते
काठमाडौं । बलिउड निर्देशक फराह खान र साजिद खानकी आमा मेनका इरानीको निधन भएको छ । इरानीको ७९ वर्षको उमेरमा शुक्रबा निधन भएको हो ।
करिब दुई साताअघि मात्रै इरानीको ७९औं जन्मदिन मनाइएको थियो । निधनको खबरले पूरै बलिउड शोकमा डुबेको छ ।
इरानी लामो समयदेखि बिरामी थिइन् । जसका कारण उनलाई केही समयअघि अस्पताल पनि भर्ना गरिएको थियो ।
इरानी अभिनेत्री पनि हुन् । उनले सन् १९६३ मा रिलिज भएको फिल्म ‘बचपन’ मा अभिनय गरेकी थिइन् । यो फिल्म सलीम खानले लेखेका हुन् । मेनकाले फिल्म निर्माता कामरान खानसँग विवाह गरेकी थिइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij