Logo

Jun 14 2025 | २०८२, जेठ ३१ गते

Jun 14 2025 | २०८२, जेठ ३१ गते

त्रिविका एक सय ८७ शिक्षक-कर्मचारी बिदाबाट फर्केनन्

त्रिविका एक सय ८७ शिक्षक-कर्मचारी बिदाबाट फर्केनन्

  • काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का एक सय ८७ जना शिक्षक-कर्मचारी अध्ययन बिदामा गएर नफर्किएको पाइएको छ । 

    images
    images
    images

    त्यस्तै दुई सय १३ जनाले उत्तीर्ण प्रमाणपत्र पेस नगरेको खुलासा भएको हो । डा.जीवन काफ्ले नेतृत्वको तीन सदस्यीय खोज समितिले आज त्रिवि पदाधिकारीहरूलाई यो प्रतिवेदन बुझाएको छ ।  

    images

    समितिका संयोजक डा. काफ्लेका अनुसार समितिमा कृष्णहरि आचार्य सदस्य र दीपक तिवारी सदस्य-सचिव छन् । प्रतिवेदन बुझ्दै त्रिविका उपकुलपति खड्क केसीले उनीहरूले पाएको सेवा सुविधा ब्याजसहित असुल गरिने बताएका छन् । 

    प्रतिवेदनमा उल्लेखित तथ्यहरूको यथाशीघ्र पुनः प्रमाणीकरण गर्न र थप छानबिन गर्न त्रिवि पदाधिकारीहरूले सोही समितिलाई जिम्मेवारी सुम्पेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij