Logo

Aug 04 2025 | २०८२, साउन १९ गते

Aug 04 2025 | २०८२, साउन १९ गते

क्रिप्टो कारोबारमा संलग्न युवक पक्राउ

क्रिप्टो कारोबारमा संलग्न युवक पक्राउ

  • काठमाडौं । काठमाडौं प्रहरीले क्रिप्टो करेंसीमार्फत अवैध कारोबारमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ ।

    images
    images
    images

    जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–१४, कलंकीस्थित स्थानबाट सुशान्त दाहाल नाम गरेका युवकलाई पक्राउ गरेको हो ।

    images

    पक्राउ पर्ने दाहाल मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६, चिसापानी स्थायी घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३, कौशलटारमा बस्दै आएका २१ वर्षीय युवक हुन् ।

    प्रहरीका अनुसार उनले USDT, BTC, ETH, र BNB जस्ता क्रिप्टो करेंसी प्रयोग गरी नेपाली रुपैयाँ ७८ लाख ३० हजार ३८८ बराबरको कारोबार गरेका थिए । नेपालमा क्रिप्टो कारोबार अवैध मानिने भएकोले उनलाई “अभौतिक मुद्राको कारोबार गर्न नहुने सम्बन्धी कसूर” अन्तर्गत पक्राउ गरिएको हो ।

    बरामद वस्तुहरू:

    images

    १ थान मोबाइल फोन

    २ थान सिम कार्ड

    जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (प्र.उ.) कुलदिप चन्दका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ । नेपालमा क्रिप्टो करेंसी कारोबारमा कानुनी प्रतिबन्ध रहेको र यस्ता गतिविधिमा संलग्न जो–कोहीमाथि आवश्यक कानुनी कारबाही हुने प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij