
Jun 14 2025 | २०८२, जेठ ३१ गते
काठमाडौं । मधेश प्रदेश सांसद सरोज कुमार सिंह निलम्बित भएका छन् । शुक्रबारको मधेश प्रदेश सभाको बैठकमा सभामुख रामचन्द्र मण्डलले सांसद सरोज कुमार सिंह निलम्बित भएको पत्र पढेर सुनाएका हुन् ।
सांसद सिंहलाई अख्तियारले विहिबार पक्राउ गरेको काठमाडौंबाट पक्राउ गरेको थियो ।
सिंहविरुद्ध सांसद विकास कोषको रकम उपभोक्ता समितिमार्फत लगेर अनियमितता गरेको आरोप छ । यसअघि सिंहका स्वकीय सचिव विनोदकुमार लाल कायस्थलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जेठ १३ गते पक्राउ गरेको थियो ।
अख्तियारको अनुसन्धानमा सिंहले विभिन्न उपभोक्ता समिति गठन गरेको देखाई समितिका खातामा दाखिला भएको रकम निजी सचिव कायस्थमार्फत झिक्न लगाई आफ्नो र श्रीमतीको खातामा राखेको भेटिएको देखिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij