
Aug 12 2025 | २०८२, साउन २७ गते
काठमाडौँ । प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसले यस सिजनमा युरोप लिग खेल्न नपाउने भएको छ ।
क्लबको स्वामित्वको विषयमा युरोपियन फुटबल फेडेरेसनले क्रिस्टल प्यालेसलाई लगाएको प्रतिबन्धको अपिल पनि अस्वीकार भएको छ ।
फेडेरेसनले लगाएको प्रतिबन्धको विरुद्ध क्रिस्टल प्यालेसले कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट्समा गरेको अपिल खारेज भएको छ ।
अब क्रिस्टल प्यालेसले युरोपीयन कन्फेरेन्स लिग खेल्ने भएको छ । क्रिस्टल प्यालेसले युरोपा लिगमा आफ्नो स्थान बनाएपनि फेडेरेसनले कन्फेरेन्स लिगमा डिमोसन गरेको थियो ।
फेडेरेसनले क्रिस्टल प्यालेसले मल्टी क्लब वनरसिपको नियम उलंघन गरेको आरोप लगाउदै कारवाही गरेको थियो।
यस निर्णयबाट क्रिस्टल प्यालेसले करिब २७ मिलियन डलर गुमाउने भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij