Logo

Aug 11 2025 | २०८२, साउन २६ गते

Aug 11 2025 | २०८२, साउन २६ गते

नेपाली राष्ट्रिय यू–२० महिला टोली स्वदेश फिर्ता

नेपाली राष्ट्रिय यू–२० महिला टोली स्वदेश फिर्ता

  • काठमाडौँ । भुटानमा सम्पन्न भएको एएफसी यू–२० महिला एशिया कप छनौटमा भाग लिएर नेपाली राष्ट्रिय यू–२० महिला टोली आज स्वदेश फर्केको छ ।

    images
    images
    images

    टोलीलाई त्रिभुवन विमानस्थलमा एन्फा प्रवक्ता सुरेश शाहले स्वागत गरेका थिए । भुटान साउदी अरबिया र उत्तर कोरिया सम्मिलित समूहमा नेपाल एक जित एक बराबरी र एक हारसहित समूह दोस्रो भएको थियो ।

    images

    भुटानसँग १–१ को बराबरी खेलेको नेपालले साउदी अरेबियासँग १–० को जित हासिल गरेको थियो भने उत्तर कोरियासँग ११–० को हार बेहोरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij