Logo

Aug 11 2025 | २०८२, साउन २६ गते

Aug 11 2025 | २०८२, साउन २६ गते

वैकल्पिक विकास वित्त सम्बन्धी विधेयकको आत्मा बुझ्न जरुरी

वैकल्पिक विकास वित्त सम्बन्धी विधेयकको आत्मा बुझ्न जरुरी

  • काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले टेजरीभन्दा बाहिरबाट स्रोत व्यवस्थापन गरी पूर्वाधार निर्माण विकल्पको रुपमा वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी विधेयक आएको बताएका छन् ।

    images
    images
    images

    सोमबार अर्थ समितिको बैठकमा भएको वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफलमा उनले राज्यले पूर्वाधारमा लगानी गर्नका लागि टे«जरीबाट स्रोत जुटाउन सबैमा सम्भव नभएको भन्दै यसको विकल्पको रुपमा विधेयक आएको बताए ।

    images

    उनले भने, ‘यो विधेयकको आत्मालाई सबैभन्दा पहिला बुझ्न जरुरी छ । दुनियामा नै नभएको विषय ल्याएर विकल्प भनिएको होइन । यसको विकल्प भनेको राज्यले पूर्वाधारमा लगानी गर्नका लागि टे«जरीबाट स्रोत जुटाउन सबैमा सम्भव भएन । यस्तो अवस्थामा टेजरीभन्दा बाहिरबाट पनि पूर्वाधार आयोजनामा लगानी गर्नका लागि स्रोत जुटाउन सकौं । त्यस्ता आयोजनाले प्रतिफल दिन्छ । त्यस्ता आयोजनाहरु जसमा लगानी गर्दा लगानीकर्ताहरुले प्रतिफल पाउँछन् । त्यसका लागि यो विकल्प हो । टेजरीभन्दा बाहिरबाट स्रोत व्यवस्थापन गरेर पूर्वाधार निर्माण गर्ने विकल्प हो ।’

    यस्तै, उनले विधेयकले आयोजना छनोट, स्रोत व्यवस्थापन र कार्यान्वयनको लागि बाटो र कानूनी आधार दिने बताए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij