Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

मनकारी मेयरसँग शान्ति खलःको माग

मनकारी मेयरसँग शान्ति खलःको माग

  • श्याम श्रेष्ठ
    भक्तपुर

    onlinepatrika
    Arghakhachi

    शान्ति खलःले बृहत छलफल र प्रथम अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा खलःको प्रारम्भदेखि हालसम्मको अवस्थाबारेमा विविध छलफल समेत भएको छ ।

    AGNI GROUP

    खलःको अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि मध्यपुर थिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले शान्ति खलःको कार्यप्रति सराहना गर्दै भन्नुभयो, 'यसरी एकजुट हुँदै बुहत छलफलको कार्यक्रम भइरहनु एकदमै राम्रो पक्ष हो ।' 

    खलःका अध्यक्ष रत्न सुन्दर कायस्थले खलःको दिर्घकालीन योजना अन्तर्गत आफ्नै भवन हुनुपर्ने धारणा राखे । कायस्थले मेयर सामु मन खोलेर भन्नुभयो, ‘मेयर सुरेन्द्रजी मनकारी र समाजप्रति सकारात्मक सोच राख्ने व्यक्तित्व हुनुहुन्छ ।' कायस्थले थप्नुभयो, ‘खलःको यो अभियानमा निस्वार्थ सहयोग गरेर भवन निर्माणमा सघाईदिए यहाँको नाम स्वर्ण अक्षरले लेखिनेछ ।' 

    उक्त अन्तरक्रियामा २०३६ सालमा स्थापना भएको खलः ले धेरै दुःखकष्ट भोगेर यहाँसम्म आइपुगेको विषयमा समेत अनेक चर्चापरिचर्चा भएको थियो । खलःको उक्त कार्यक्रम मदनकृष्ण जोशीले संचालन गर्नुभएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij