
Jun 13 2025 | २०८२, जेठ ३० गते
धनगढी । महाकाली नदीमा हाम फालेर एक किशोरी बेपत्ता भएकी छन्। दार्चुलाको महाकाली नगरपालिका–४ रिङ्ने ताल क्षेत्रस्थित महाकाली नदीमा किशोरी हाम फालेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार १७ वर्षीया धनिशा कुँवर महाकालीमा बेपत्तामा भएकी छन् । दिदीको घरमा बस्दै आएकी किशोरी महाकालीमा हाम फालेको भिडियो सार्वजनिक भएको छ । महाकालीको किनारको पिल्लर समातेर उभिरहेकी किशोरी आफु नजिक उद्धारको लागि सुरक्षाकर्मी पुगेपछि महाकालीमा हाम फालेको भिडियोमा देख्न सकिन्छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार किशोरीको खोजी जारी रहेपनि अहिलेसम्म अवस्था पत्ता लागेको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij