Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

अरिङ्गालको गोला चोरी भएपछि वडामा  उजुरी

अरिङ्गालको गोला चोरी भएपछि वडामा  उजुरी

  • काठमाडौं । गोरखाको शहिदलखन गाउँपालिकामा घरमा रहेको अरिङ्गालको गोला चोरी भएपछि वडा कार्यालयमा उजुरी परेको छ।

    onlinepatrika
    Arghakhachi

    घरको सिलिङमा रहेको अरिङ्गालको गोलामा आगो लगाएर चोरी गरेको भन्दै उजुरी परेको हो । सो गोला चोरीमा संलग्नहरूको खोजी गरी कारबाही माग गर्दै गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ७ मा उजुरी परेको हो।

    AGNI GROUP

    वडा सदस्यसमेत रहेका डिलबहादुर गरन्जाको घरमा गत साउन ९ गते राति करिब १:३० बजे आगो लगाएर अरिङ्गालको गोला चोरी भएको थियो। 

    अरिङ्गाललाई आगो लगाउँदा आफूले हालसालै घरमा लगाएको रङमा समेत क्षति पुगेको गरन्जाले वडा कार्यालयमा दिएको उजुरीमा उल्लेख छ।

    वडाध्यक्ष शरण श्रेष्ठका अनुसार खाब्दीभन्ज्याङस्थित घरको सिलिङमा रहेको अरिङ्गाल गोला आगो लगाएर चोरी परेको भन्दै वडा सदस्य गरन्जाबाट कार्यालयमा उजुरी प्राप्त भएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट