
Jun 11 2025 | २०८२, जेठ २८ गते
काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा व्यक्ति स्थायी लेखा नम्बर (प्यान) लिने करदाताको संख्या ६ लाखभन्दा माथि रहेको पाइएको छ ।
अर्थ मन्त्रालयका अनुसार आव २०८०/८१ मा ६ लाख १७ हजार ७८१ जनाले व्यक्तिगत प्यान लिएका छन् । यससँगै कुल प्यान नम्बर लिने करदाताको संख्या ४२ लाख ६७ हजार ३९५ पुगेको छ ।
अर्थ मन्त्रालयका अनुसार व्यावसायिक स्थायी लेखा नम्बर लिनेको १९ लाख ९२ हजार ५४४ पुगेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij