Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

त्रिभुवन विमानस्थलमा खादा-माला नल्याउन आग्रह

त्रिभुवन विमानस्थलमा खादा-माला नल्याउन आग्रह

  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले हवाई यात्रुहरूको बिदाईमा खादा तथा माला नल्याउन आग्रह गरेको छ । यात्रुले विमानस्थलस्थित आन्तरिक तथा वाह्य टर्मिनल भवन प्रवेश गर्दा बिदाई स्वरूप साथमा लगाई आउने वा ब्यागमा झुन्ड्याई बाँधी ल्याइने खादाकै कारण विमानस्थलको सुरक्षा उपकरणमा गम्भीर क्षति पुगेको भन्दै ती सामग्री निषेध गरेको हो ।

    onlinepatrika
    Arghakhachi
    कार्यालयले एक सूचना जारी गर्दै भनेको छ, ‘खादा तथा मालाले सुरक्षा जाँचको क्रममा विमानस्थलको सुरक्षा उपकरणहरु (एक्स-रेहरू), कन्भेयर बेल्ट तथा स्केलेटरहरूमा अड्किई उपकरणलाई गम्भीर क्षति पुर्‍याइरहेको साथै यात्रुहरूले खादा र मालाहरू विमानस्थलका विभिन्न क्षेत्रमा छाडी जाने समेत गर्नाले यसबाट विमानस्थलको सौन्दर्यतामा समेत नकारात्मक असर पुग्ने गरेको छ ।’

    सुरक्षा जाँचको समयावधि भर माला, खादा प्रयोग नगर्न र सँगै लानुपर्ने भए आफ्नो ब्यागभित्र नदेखिने गरी राखिदिन आग्रह गरिएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij