Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

भोटेकोशीमा गाडी खसेको आशंका, खोजी कार्य जारी

भोटेकोशीमा गाडी खसेको आशंका, खोजी कार्य जारी

  • काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी नदीमा गाडी खसेको आशंकामा गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    बाह्रबिसे नगरपालिका-६ बरन्डा टोलस्थित सडकबाट गाडी भोटेकोशी नदीमा खसेको आशंका भएपछि प्रहरीले खोजी शुरु गरेको छ । शुक्रबार दिउँसो स्थानीयले दुई वटा टायर देखेको भन्दै प्रहरीलाई खबर गरेपछि क्रेनको सहारामा खोजी शुरु गरिएको हो ।

    AGNI GROUP

    बोलेरो गाडी खसेको हुनसक्ने अनुमानका आधारमा प्रहरीले खोजी शुरु गरेपनि भोटेकोशी नदीको बहाव बढी रहेकाले खोजी गर्न समस्या भएको प्रहरीले बताएको छ ।

    नदीमा खसेको भनिएको बोलेरो गाडी र त्यसमा रहेका यात्रुको बारेमा भने अहिलेसम्म स्पष्ट जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij