Logo

May 26 2025 | २०८२, जेठ १२ गते

May 26 2025 | २०८२, जेठ १२ गते

दुप्चेश्वरमा स्नानको क्रममा बेपत्ता तीर्थयात्री मृत फेला

दुप्चेश्वरमा स्नानको क्रममा बेपत्ता तीर्थयात्री मृत फेला

  • काठमाडौं । दुप्चेश्वर गाउँपालिका–६ स्थित दुप्चेश्वर महादेव मन्दिर दर्शन गर्नुपूर्व स्नान गर्ने क्रममा खोलाले बगाएर बेपत्ता एक तीर्थयात्री मृत फेला परेका छन् ।

    images
    images
    images

    मन्दिर परिसरमा रहेको सूर्यमती (तादी) खोलामा स्नानको क्रममा सूर्यगढी गाउँपालिका–३ का हिमकुमारी अधिकारीलाई सोमबार खोलाले बगाएर बेपत्ता बनाएको थियो ।

    images

    ७२ वर्षीया अधिकारी मृत आज भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाले जानकारी दिए ।

    उनका अनुसार स्थानीयवासीको सहयोगमा सुरक्षाकर्मीको टोलीले तादी खोलामा मृत फेला पारेको हो । मन्दिर दर्शनको लागि परिवारसहित काठमाडौंबाट दुप्चेश्वर आएका अधिकारी स्नान गर्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij