Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

ब्राउन सुगरसहित एक जना पक्राउ

ब्राउन सुगरसहित एक जना पक्राउ

  • काठमाडौं । लागूऔषध ब्राउन सुगर तस्करीको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छन् । पक्राउ पर्नेमा भारत बिहार जिल्ला मोतिहारी थाना आदापुर बस्ने २३ वर्षीय विकास कुमार पटेल छन् ।

    onlinepatrika
    Arghakhachi

    उनलाई प्रहरीले वीरगन्ज महानगरपालिका– ८ पानीट्यांकी टोल जमुना सेकुवा पसलबाट आइतबार पक्राउ गरेको हो । उक्त पसलमा लागूऔषध खरिद बिक्री कारोबारी भइरहेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी चौकी बसपार्कबाट खटिएको संयुक्त प्रहरी टोलीले पटेलको शरीर खानतलासी गर्दा पाइन्टको खल्तीबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ प्लाष्टिकसहित ५४ ग्राम (प्लाष्टिक बाहेक ४८ ग्राम) फेला पारेको थियो ।

    AGNI GROUP

    उनलाई नियन्त्रणमा लिई लागू औषधसम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरीका प्रवक्ता डीएसपी दीपक भारतीले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij