Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौं । रौतहटको कटहरियामा गएराती भएको मोटरसाइकल दुर्घटनामा परेर एकजना युवकको मृत्यु भएको छ ।
कटहरिया बजारदेखि पश्चिम लालबकैया पुल पारी कटहरिया गम्हरीया सडक खण्डमा गएराती ७ बजे मधेश प्रदेश ०३_०२८ प ४९४१ मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो ।
दुर्घटनामा कटहरिया नगरपालिका-९ डुमरियाका सुकदेव पासवानको छोरा अन्दाजी वर्ष २६ का रामजन्म पासवानको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन् ।
तीव्रगतिमा रहेको मोटरसाईकल दुर्घटनामा गम्भीर घाइते भएका पासवानको कटहरियामा उपचार सम्भव नभएपछि थप उपचारको लागी प्रादेशिक अस्पताल गौर पठाईएकोमा उपचारकै क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई शिवशंकर शर्माले बताएका छन् ।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij