Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

लागुऔषधसहित चन्द्रागिरिबाट युवक पक्राउ

लागुऔषधसहित चन्द्रागिरिबाट युवक पक्राउ

  • काठमाडौं । काठमाडौँको चन्द्रगिरिबाट लागुऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका- २ नागढुंगास्थित चेक प्वाइन्टबाट प्रहरीले पर्साका ३३ वर्षीय विनोद धामी थारुलाई पक्राउ गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०१।००६ स्व ३१३९ नम्बरको बसमा सवार थारुलाई प्रहरी प्रभाग नागढु‌ङ्गाबाट खटिएको प्रहरी टोली तथा लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो ।

    AGNI GROUP

    थारुले लगाएको जिन्स पाइन्टको भित्रबाट २० पत्ता नाइट्राभेट १० (५९८ ट्याबलेट) बरामद गरिएको प्रहरीले जनाएको छ । उनलाई प्रहरी बृत्त थानकोटको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij