Jun 09 2026 | २०८३, जेठ २६ गते
हैजा तथा डेंगु रोग फैलन सक्ने सम्बन्धी ललितपुर महानगरपालिकाको अत्यन्त जरुरी सूचना
खराब मौसम तथा अति वर्षाको कारण निम्तिएको बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपको कारणले हैजा तथा डेंगु जस्ता सरुवा रोगहरू महामारीको रुपमा फैलिन सक्ने प्रचुर सम्भावना रहेको हुँदा महामारीबाट बच्न सम्पूर्ण नगरवासीहरुमा हार्दिक अनुरोध गर्दछौ।
हैजा रोगका लक्षणहरू
- पातलो चौलानी जस्तो दिशा लाउनु, कडा जलवियोग हुनु र असाध्यै तिर्खा लाग्नु
रोकथामको उपायहरु
- चर्पीमा मात्र दिशा पिसाब गर्ने । - दिशा गरेपछि साबुन पानी राम्रोसँग हात धुने। - खाना बनाउनु र खानु अघि साबुन पानीले राम्र्रोसँग हात धुने ।
- पानी सधैं उमालेर/क्लोरिन ट्याबलेट/झोल राखेर वा फिल्टर गरेर मात्र खानेपानीको रुपमा प्रयोग गर्ने ।
डेङ्गु रोगको लक्षणहरू
एक्कासी उच्च ज्वरो आउनु, बेस्सरी टाउको दुख्नु, हाडजोर्नी र मांशपेशीहरू तथा ढाड दुख्नु ।
डेङ्गु रोगबाट बस्ने उपायहरु
- लामखुट्टेको टोकाईबाट बचौं - झुल लगाएर मात्र सुत्ने गरौं। - घर वरिपरि पानी जम्न नदिऔं । - फोहोरमैलाको उचित व्यवस्थापन गरौं।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij