Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

ललितपुरका यी ठाउँमा आज लोडसेडिङ

ललितपुरका यी ठाउँमा आज लोडसेडिङ

  • ललितपुर । ललितपुर र काठमाडौंका केही स्थानमा शनिबार दुईदेखि ८ घन्टासम्म विद्युत अवरूद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार महाराजगन्ज वितरण केन्द्र, रत्नपार्क वितरण केन्द्र र लगनखेल वितरण केन्द्रका विभिन्न फिडर अन्तर्गत विद्युत् वितरण भइरहेका स्थानहरूमा आज केही घन्टा अवरूद्ध हुनेछ।

    onlinepatrika
    Arghakhachi

    नयाँबजार फिडरअन्तर्गत पर्ने बिष्णुमती नदी पुर्व नयाँबजारबाट सोह्रखुटे ओरालो हुदैँ म्हेपि मन्दिर पुर्व भाग मनाङ्गे गेट, भ्याली कोल्ड स्टोर वखतीपोखरी, ईन्द्रायणी मन्दिर सम्मका क्षेत्रमा बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

    AGNI GROUP


    महाराजगन्ज वितरण केन्द्रको धापासी फिडर अन्तर्गत पर्ने बसुन्धारा, टोखारोड, बानियाटार, ग्राण्डि वरिपरि एरियामा प्रिभेन्टिभ मेन्टिनेन्स कार्यका लागि ती स्थानहरूमा बिहान साढे १० बजेदेखि दिउँसो साढे १ बजेसम्म विद्युत सेवा अवरूद्ध हुने छ।

    महाराजगन्ज वितरण केन्द्रकै खानेपानी फिडर अन्तर्गत पर्ने गोंगबु, गणेशस्थान, बानियाटार, भण्डारी गाउँ, जाल्पा चोक, धनेश्वर, भत्केको पुल, सांग्लालगायतका क्षेत्रमा पनि दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म विद्युत सेवा अवरूद्ध हुनेछ।

    लगनखेल वितरण केन्द्रको खुमलटार फिडर र रिङरोड फिडर अन्तर्गत पर्ने चापागाउँ दोबाटो, ढोलाहिटी, साङपाङ चोक, सुनाकोठी, ठेचोलगायतका क्षेत्रमा मध्याह्न १२ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत सेवा अवरूद्ध हुनेछ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij