
May 22 2025 | २०८२, जेठ ८ गते
काठमाडौं । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम चार दिनदेखि लगातार घटिरहेको छ । यस क्रममा उपत्यकाको न्यूनतम तापक्रमले आज (बिहीबार) पनि रेकर्ड तोडेको छ ।
मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८:४५ बजे जारी गरेको तापक्रम विवरणअनुसार काठमाडौँ उपत्यकाकोे न्यूनतम तापक्रम ९ डिग्री सेल्सियसमा झरेको हो । यो काठमाडौँ उपत्यकाका लागि यस वर्षको आजसम्मकै कम न्यूनतम तापक्रम हो ।
यसअघि हिजो मंसिर ५ गते उपत्यकाको न्यूनतम तापक्रम ९.२ डिग्री सेल्सियस थियो भने अघिल्लो दिन मंसिर ४ गते ९.९ डिग्री सेल्सियस थियो । यसैगरी मंसिर ३ गते उपत्यकाको न्यूनतम तापक्रम १०.५ डिग्री सेल्सियस थियो । त्यसयता उपत्यकाको न्यूनतम तापक्रम लगातार घटिरहेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij