Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

हँसियाले हानेर भाइले गरे दाईको हत्या

हँसियाले हानेर भाइले गरे दाईको हत्या

  • काठमाडौं । दैलेखमा बोक्सी लगाएको आरोपमा हँसियाले हानेर भाइले दाईको हत्या गरेका छन् । दुल्लूका ५६ वर्षीय कर्णबहादुर कामीलाई भाई नाता पर्ने ४३ वर्षीय भुवनसिंह बिकले हँसियाले हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    आफूलाई बोक्सी लगाएर विरामी पारेको भन्दै गएको बुधवार साँझ कर्णबहादुरको घरमै पुगी भुवनसिंहले हँसिया प्रहार गरी घाँटी आधा छिनालेको लगतै घटनास्थलमै कर्णबहादुरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले बताए ।

    AGNI GROUP

    मृतकको शव दुल्लू अस्पतालमा पोष्टमार्टम भईसकेको छ भने आरोपित भुवनसिंह बिकलाई पक्राउ गरी आवश्यक प्रारम्भिक अनुसन्धान थालिसकेको प्रहरी निरीक्षक सुनारले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij