Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौं । पर्सा जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पोखरातर्फ पठाएको छ। बयान सकिएपछि विमानबाट कास्की पठाउने क्रममा हाल उनी सिमरा विमानस्थलमा छन् ।
जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख भोलानाथ निरौलासहितको टोलीले रविसँग मंगलबार बयान लिएको थियो ।
पर्सा जिल्ला प्रहरी कार्यालयका प्रमुख किशोर लम्सालले रविलाई सिमराबाट काठमाडौं हुँदै कास्की पुर्याइने जानकारी दिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij