Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

लेखा समिति सभापति पोखरेल पत्नीसहित २६ जना विरुद्ध सहकारी ठगी मुद्दा

लेखा समिति सभापति पोखरेल पत्नीसहित २६ जना विरुद्ध सहकारी ठगी मुद्दा

  • काठमाडौं । सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोख्रलेकी पत्नी अञ्जला कोइरालासहित २६ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दर्ता भएको छ।

    onlinepatrika
    Arghakhachi

    मोरङ जिल्लाको उमागौरी कृषि सहकारी संस्थाको रकम ठगी प्रकरणमा कोइरालासहित २६ जनाविरुद्ध मोरङ जिल्ला अदालतमा बिहीबार मुद्दा दर्ता भएको हो ।

    AGNI GROUP

    सरकारी वकिलको कार्यालय मोरङले सहकारी ऐन, २०७४ को दफा १२२ अनुसार उनीहरूलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ ।

    सहकारीका वर्तमान अध्यक्ष शम्भुप्रसाद रौनियार, उपाध्यक्ष लक्ष्मण साह, सचिव आलम अन्सारी मियाँ र कोषाध्यक्ष शम्भुप्रसाद सिँहविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

    सहकारीका सञ्चालक समिति सदस्य आमोद मण्डल, रोशन राजवंशी, जितमान ठाकुर, लेखा समितिका संयोजक विजयकुमार यादव र सदस्यहरू सुरेन्द्रकुमार राजवंशी र अशोककुमार विश्वासलाई प्रतिवादी बनाएर मुद्दा दर्ता भएको छ । कोइराला उक्त सहकारीमा सञ्चालक सदस्य थिइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij