Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

पत्रकार महासङ्घ उपत्यका प्रदेश अध्यक्षमा टेनिस रोका निर्वाचित

पत्रकार महासङ्घ उपत्यका प्रदेश अध्यक्षमा टेनिस रोका निर्वाचित

  • काठमाडौं । नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिको अध्यक्षमा टेनिस रोका (टेकबहादुर रोका) निर्वाचित हुनुभएको छ । आज दिउँसो सार्वजनिक अन्तिम मत परिणामअनुसार रोकाले छ सय ४८ मत प्राप्त गर्दा प्रतिस्पर्धी मोहनप्रसाद पन्तले चार सय १० र शिव बस्नेतले ९३ मत प्राप्त गर्नुभयो । 

    images
    images
    images

    उपत्यका प्रदेशको उपाध्यक्षमा रोजिना थापा छ सय ८३ मत ल्याएर निर्वाचित हुँदा प्रतिस्पर्धी कालिकाबहादुर महतले चार सय १६ मत पाउनुभयो । उपाध्यक्ष महिलातर्फ रमा न्यौपाने छ सय ८८ मतसहित विजयी हुँदा प्रतिस्पर्धी सतिदेवी उप्रेतीले तीन सय ६३ मत पाउनुभयो । 

    images

    महासचिव पदमा आशिष गुरागाईं पाँच सय ६७ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी  रामचन्द्र दुलालले पाँच सय नौ मत पाउनुभयो । उपत्यका प्रदेशको सचिव पदमा अजित अधिकारी छ सय ३१ मतसहित विजयी हुँदा प्रतिस्पर्धी अमिर लामा स्याङ्बोले चार सय ४४ मत पाउनुभयो । समावेशी सचिवतर्फ प्रवीण श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले छ सय १९ मत पाउनुभयो भने प्रतिस्पर्धी मोहन वल्लले दुई सय ६३ मत प्राप्त गर्नुभयो ।  

    images

    कोषाध्यक्षमा सन्जिप घिमिरे चार सय ७७ मतसहित निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नीरज रञ्जीतले तीन सय ५२ मत पाउनुभएको छ । 

    यसैगरी, खुला छ सदस्यमा घनश्याम अधिकारी (वैरागी जेठा), चन्द्रजित मोक्तान, भीमराज खड्का, रनसुर महतारा, रामशरण काफ्ले र रोशन क्षेत्री विजयी हुनुभएको छ । महिला तीनजना सदस्यमा उमा शर्मा, विष्णुकुमारी पौडेल र रमिला पोखरेल (योञ्जन) निर्विरोध निर्वाचित हुनुभएको छ । 

    दलित सदस्यतर्फ लिलामाया नेपाली, जनजाति सदस्यमा शैलेश डङ्गोल र सुरेश सायजु विजयी हुनुभएको छ । मधेशी  र अल्पसङ्ख्याक सदस्यमा क्रमशः प्रदीप मण्डल र भक्ति शाह निर्विरोध निर्वाचित हुनुभएको छ । 

    महासङ्घको उपत्यका प्रदेशअन्तर्गत काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला शाखा रहेका छन् ।
    ---

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij