Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

गोर्खा सैनिक तथा बेलायती सैनिक

शहीद भएका गोर्खा सैनिकका तस्वीर परिवारलाई हस्तान्तरण

शहीद भएका गोर्खा सैनिकका तस्वीर परिवारलाई हस्तान्तरण

गोर्खा सैनिक तथा बेलायती सैनिकका तस्वीरहरू उनीहरूको नेपाली परिवारलाई हस्तान्तरण गरिएको छ ।

  • काठमाडौं । अफगानिस्तान द्वन्द्वका क्रममा वीरगति प्राप्त गरेका १५ जना गोर्खा सैनिक तथा बेलायती सैनिकका तस्वीरहरू उनीहरूको नेपाली परिवारलाई हस्तान्तरण गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    पोखरास्थित गोर्खा सङ्ग्रहालयमा एक विशेष समारोहबीच तस्वीरहरू हस्तान्तरण गरिएको हो । यी तस्वीरहरू बेलायतस्थित गोर्खा संग्रहालयमा प्रदर्शनीमा राखिएका थिए । बेलायती कलाकार तथा पूर्व सैनिक केभिन विल्सले अफगानिस्तानमा ज्यान गुमाएका ४५७ जना बेलायती सैनिकको तस्वीर बनाएका थिए, जसमा गोर्खा ब्रिगेडका १५ जना सदस्यहरू पनि थिए ।

    AGNI GROUP

    बेलायती संस्था ‘ब्रेभहर्ट्स क्यानभास’का सह-संस्थापक केभिन विल्स र बेंजामिन स्कल्ली काठमाडौं आइपुगेका थिए । उनीहरूसँगै अफगान युद्धमा घाइते भएका भूतपूर्व गोर्खा सैनिक हरी बुढाथोकी पनि कार्यक्रममा सहभागी थिए ।

    कार्यक्रममा बेलायतका राजदूत रोब फेन, बृटिश गोर्खा नेपालका कमान्डर कर्नेल ड्यान डेक्स, गोर्खा संग्रहालय ट्रस्टका निर्देशक डा. डारेन बोयल, गोर्खा सैनिकका परिवार सदस्य, पूर्व सैनिक तथा शुभेच्छुकहरूको उपस्थिति थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट