
May 12 2025 | २०८२, वैशाख २९ गते
गोर्खा सैनिक तथा बेलायती सैनिकका तस्वीरहरू उनीहरूको नेपाली परिवारलाई हस्तान्तरण गरिएको छ ।
काठमाडौं । अफगानिस्तान द्वन्द्वका क्रममा वीरगति प्राप्त गरेका १५ जना गोर्खा सैनिक तथा बेलायती सैनिकका तस्वीरहरू उनीहरूको नेपाली परिवारलाई हस्तान्तरण गरिएको छ ।
पोखरास्थित गोर्खा सङ्ग्रहालयमा एक विशेष समारोहबीच तस्वीरहरू हस्तान्तरण गरिएको हो । यी तस्वीरहरू बेलायतस्थित गोर्खा संग्रहालयमा प्रदर्शनीमा राखिएका थिए । बेलायती कलाकार तथा पूर्व सैनिक केभिन विल्सले अफगानिस्तानमा ज्यान गुमाएका ४५७ जना बेलायती सैनिकको तस्वीर बनाएका थिए, जसमा गोर्खा ब्रिगेडका १५ जना सदस्यहरू पनि थिए ।
बेलायती संस्था ‘ब्रेभहर्ट्स क्यानभास’का सह-संस्थापक केभिन विल्स र बेंजामिन स्कल्ली काठमाडौं आइपुगेका थिए । उनीहरूसँगै अफगान युद्धमा घाइते भएका भूतपूर्व गोर्खा सैनिक हरी बुढाथोकी पनि कार्यक्रममा सहभागी थिए ।
कार्यक्रममा बेलायतका राजदूत रोब फेन, बृटिश गोर्खा नेपालका कमान्डर कर्नेल ड्यान डेक्स, गोर्खा संग्रहालय ट्रस्टका निर्देशक डा. डारेन बोयल, गोर्खा सैनिकका परिवार सदस्य, पूर्व सैनिक तथा शुभेच्छुकहरूको उपस्थिति थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij