Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

कुख्यात भारतीय डाका सिरहाबाट पक्राउ

कुख्यात भारतीय डाका सिरहाबाट पक्राउ

  • काठमाडौं । कुख्यात भारतीय डाँका सिरहाबाट पक्राउ परेका छन् । प्रहरीले सिरहा दशगजा क्षेत्रबाट भारतीय नागरिक आरिफ खान भन्ने आरिफ हुसैनलाई पक्राउ गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    आरिफलाई शनिबार बिहान ४ बजे हात खुट्टासहित शरीरका विभिन्न भागमा चोट लागेको घाइते अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ । प्रहरीका अनुसार, नेपाल सहित भारतका विभिन्न स्थानमा उनी विरुद्ध डकैती, लुटपाट तथा संगठित अपराध मुद्दा दर्ता छ ।

    AGNI GROUP

    महोत्तरीमा एनएमबि बैंकको शाखामा २०८० जेठ १६ मा भएको लुटपाट घटनामा पनि उनी प्रतिवादी रहेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्र पासवानले बताए । त्यस शाखाबाट पाँच जनाको हतियारधारी समूहले पेस्तोल देखाउँदै ३८ लाख लुटेको थियो ।

    यस्तै, २०७९ फागुन १० मा सिरहाको बतहा पुलमा पैसा बोकेर गइरहेका ग्लोबल आईएमई बैंकका कर्मचारीलाई पेस्तोल देखाई उनको साथबाट नौ लाख रुपैयाँ लुटेर फरार भएको घटनामा पनि उनी प्रतिवादी रहेको प्रहरीले जनाएको छ ।

    भारतीय प्रहरीले उनीबारे सूचना दिनेलाई २५ हजार पुरस्कार दिने घोषणा गरेको समेत सिरहा प्रहरीले जनाएको छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij