
May 20 2025 | २०८२, जेठ ६ गते
काठमाडौं । सामाजिक सञ्जालका फेक अकाउन्टहरु बन्द गर्न शाही भुटान प्रहरी सक्रिय भएको छ । सामाजिक सञ्जालका फेक आउन्टको कारणले सामाजिक घृणा फैलिएको, व्यक्ति तथा समुदायलाई प्रहार भएको भन्दै भुटान प्रहरीले यस्तो तयारी थालेको हो ।
वास्तविक अनुहारका तस्बिर र नामका अकाउन्टभन्दा फेकहरुबाट जोखिम भएको भन्दै भुटान प्रहरीले यस्तो गर्न लागेको छ ।
भुटानी अखबार कुन्सेलका पत्रकार केपी शर्माले लेखेको समाचारअनुसार २० वर्ष उमेरकी एक टिकटकरको आत्महत्यामा ३७ वर्षका फेक अकाउन्ट चलाउने एक व्यापारी संलग्न रहेको भेटिएपछि भुटान प्रहरीले फेक अकाउन्टमाथि कडाइ गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij