Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

पूर्वगृहमन्त्री लामिछानेसहित चार जनाविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर

पूर्वगृहमन्त्री लामिछानेसहित चार जनाविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर


  • गण्डकी । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित चार जनाविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले लामिछानेसँगै रामबहादुर खनाल, छविलाल जोशी र लीला पछाइविरुद्ध आज सम्पत्ति शुद्धिकरणमा मुद्दा दायर गरिएको जनाकारी दिनुभयो ।  
        
    पूर्वगृहमन्त्री लामिछानेमाथि रु २७ करोड ८९ लाख ४४ हजार सात सय बिगो दाबीसहित मुद्दा दर्ता गरिएको उहाँले बताउनुभयो । यस्तै जोशीविरुद्ध रु ७४ करोड ३४ लाख ७१ हजार बढी बिगो दाबीसहित मुद्दा दायर गरिएको छ । अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित अभियोगपत्र दर्ता गरिएको सहायक जिल्ला न्यायाधिवक्ता शर्माले बताउनुभयो ।

    images
    images
    images

    लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमा र  ३१ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दायर गरिएको छ । सरकारी वकिल कार्यालयका अनुसार सहकारी ठगी प्रकरणमा हालसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ ।

    images

    जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा सभापति लामिछानेसहित विभिन्न व्यक्तिविरुद्ध सजायको माग दाबीसहित अभियोगपत्र दर्ता भएको बताउनुभयो । सहकारी बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ पर्नुभएको थियो । उहाँमाथि कास्कीसहित अन्य जिल्लासमेत सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij