Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौँ : नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको ७औँ साधारणसभा तथा तेस्रो राष्ट्रिय अधिवेशन यही पुस २० गते आयोजना हुने भएको छ । अधिवेशनको पूर्वसन्ध्यामा यहाँ आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष कुमार कार्कीले अधिवेशन तथा साधारणसभाबारे जानकारी दिए ।
महासङ्घकाअनुसार अधिवक्ता अर्जुन अर्यालको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । निर्वाचन समितिले अन्तिम मतदाता नामावली प्रकाशन गरिसकेको छ ।
अध्यक्ष कार्कीले साना तथा मझौला उद्योगी व्यवसायीहरुलाई स्थानीय सरकारको सिफारिस बिना धितो सहुलियत ब्याजदरमा २५ लाखसम्मको ऋण उपलब्ध गराउनुपर्ने धारणा राखे । उनले भने, “व्यवसायीले अनुदानमा नभइ सहुलियत दरमा ऋणमा पाउनुपर्छ।”उनले व्यवसाय दर्ता प्रणाली एकद्वार प्रणालीबाट हुनु पर्ने, भन्सारदर समयसापेक्ष पनि परिमार्जन गरिनुपर्नेमा जोड दिए ।
सहरी क्षेत्रमा उद्योग व्यापार व्यवसाय गर्नेका लागि राज्यले वैज्ञानिक घरभाडा कर लागू गर्नुपर्ने, खाता विवरणहरुको आधारमा कर कार्यालयबाट कर चुक्ता प्रमाण पत्र प्रदान गरे पश्चात पुनरावलोकन हुनु नहुने, स्थायी लेखा नम्बरमार्फत गरिने कारोबारको सिमा ५० लाखबाट वढाएर रु दुई करोड बनाउनु पर्ने भनाइ राखे । रासस
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij