Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

कोरिया पठाइदिन्छु भन्दै रकम ठगी

कोरिया पठाइदिन्छु भन्दै रकम ठगी

  • काठमाडौं : आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रूपन्देही सैनामैना नगरपालिका ११ घर भई काठमाडौं महानगरपालिका २६ ठमेल बस्ने २९ वर्षीय ओमप्रकाश चौधरी रहेका प्रहरीले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    चौधरीले दक्षिण कोरिया पठाइदिन्छु भन्दै तीन जना पीडितहरूबाट १६ लाख ९२ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ठमेलबाट पक्राउ गरेको हो ।

    AGNI GROUP

    उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij