Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

वडाध्यक्षको विवादास्पद भनाइ, 'अनियमितता खोजेर ल्याउनुस्, पैसा दिन्छौं'

वडाध्यक्षको विवादास्पद भनाइ, 'अनियमितता खोजेर ल्याउनुस्, पैसा दिन्छौं'

  • ललितपुर । ललितपुरका एक वडाध्यक्षले विवादास्पद अभिव्यक्ति दिँदै 'निर्माण कार्यमा अनियमितता खोज्न पत्रकारलाई पैसा दिने' प्रस्ताव राखेका छन्। वडाका केही निर्माण परियोजनामा अनियमितताको आरोप लागिरहेका बेला ललितपुरभित्रका एक वडाध्यक्षको यस्तो भनाइ सार्वजनिक भएको हो।

    onlinepatrika
    Arghakhachi

    वडाध्यक्षले आफ्नो भनाइमा भने, 'यदि तपाईंहरूले हाम्रो वडामा भएका निर्माण कार्यमा अनियमितता पत्ता लगाउनुभयो भने, म त्यसका लागि तपाईंहरूलाई उचित रकम उपलब्ध गराउँछु। सूचना छापेर पैसा माग्ने पर्दैन् ।' यो अभिव्यक्ति स्थानीय पत्रकारले सूचनाको प्रस्ताव लिएर जाँदा वडाध्यक्षले दिएका हुन् । 

    AGNI GROUP

    स्थानीय तहको जवाफदेहितामाथि प्रश्नचिह्न
    वडाध्यक्षको यस अभिव्यक्तिले स्थानीय तहमा पारदर्शिता र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ। स्थानीय बासिन्दाहरूले भनेका छन् कि वडाध्यक्षको यो भनाइ पत्रकारलाई प्रलोभन दिएर आफ्नो स्वार्थ साध्ने उद्देश्यले आएको हुनसक्छ। एक स्थानीय बासिन्दाले भने, 'यदि वडाध्यक्षले आफैं अनियमितता रोक्ने उपाय खोज्नुको सट्टा पत्रकारलाई पैसा दिने कुरा गर्छन् भने यसले स्पष्ट रूपमा उनीहरूको असक्षमता देखाउँछ।'

    पत्रकारको प्रतिक्रिया
    स्थानीय पत्रकारहरूले वडाध्यक्षको यो भनाइलाई अपमानजनक र गैरपेशागत भनेका छन्। एक पत्रकारले प्रतिक्रिया दिँदै भने, 'हामीले हाम्रो जिम्मेवारी इमानदार र स्वतन्त्र रूपमा पूरा गर्छौं। यस्ता अभिव्यक्ति पत्रकारिताको मर्यादाविपरीत छन्।'

    वडाध्यक्षको बचाउ
    वडाध्यक्षले आफ्नो भनाइप्रति बचाउ गर्दै यसलाई 'आफ्नो ईमानदार प्रयासलाई साथ दिन खोजिएको कदम' भनेर व्याख्या गरेका छन्। 'मेरो उद्देश्य गलत थिएन। म वडामा हुने कुनै पनि प्रकारको अनियमितता हटाउन चाहन्छु' उनले भने।

    वडाध्यक्षको यस्तो भनाइले वडामा निर्माणकार्यका अनियमितता उजागर गर्ने प्रयासलाई प्रोत्साहन दिन्छ वा यसले पत्रकारिता पेशाको स्वतन्त्रता र मर्यादामा आँच पुर्‍याउँछ भन्ने विषयमा बहस सुरु भएको ललितपुरकै विकास निर्माणमा सक्रिय एक वडाध्यक्षले अनलाइन पत्रिकालाई बताए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij