Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

खुर्सानीको बोराभित्र लुकाएर लागुऔषध ओसारपसार

खुर्सानीको बोराभित्र लुकाएर लागुऔषध ओसारपसार

  • पर्सा : लागुऔषधसहित १ जना पर्साबाट पक्राउ परेका छन्।  सशस्त्र प्रहरीले वीरगन्ज महानगरपालिका–१६ भन्सार इलाकाबाट पुस १५ गते विभिन्न किसिमका लागुऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको हो।

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्नेमा बहुदमाई गाउँपालिका–३ नगरदाहा बस्ने अन्दाजी ३६ वर्षीय मिश्री राम रहेका छन्। उनलाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जले नियन्त्रणमा लिएको हो।

    AGNI GROUP

    भारतबाट पैदल आउँदै गरेका उनले टाउकोमा बोकी ल्याउँदै गरेको हरियो खुर्सानीको बोराभित्र लुकाई छिपाई राखेको डाईजेपाम ४ सय ९० एम्पुल, बुप्रेनोर्फिन ४ सय ९९ एम्पुल, नोफिन २ सय ९७ एम्पुल र प्रोमाथाजिन हाईड्रोक्लोराई ईन्जेक्सन ४ सय ९७ एम्पुल फेला पारेको हो। उनलाई बरामद लागुऔषधसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij