Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

तीन छात्राद्वारा विष सेवन

तीन छात्राद्वारा विष सेवन

  • बर्दिवास : बर्दिवास ११ स्थित निर्मललामा बहु प्राविधिक शिक्षालयका एक साथ विष सेवन गरेका तीन जना छात्रामध्ये एक छात्राको मृत्यु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रहरीका अनुसार विष सेवनबाट सिरहा धनगढी नगरपालिका १० घर भएकी १७ वर्षीया छात्रा रिङ्कु शर्माको मृत्यु भएको हो ।शर्मालाई मङ्गलबार बिहान बर्दिवासस्थित इलाका प्रहरीले पौने १२ बजेतिर बर्दिवास ४ स्थित जङ्गली क्षेत्रबाट अचेत अवस्थामा उद्धार गरी बर्दिवास अस्पताल पुर्‍याएको थियो । अस्पतालका डा. रोशन अधिकारीले अस्पताल पुर्‍याउनु अघि उहाँको मृत्यु भइसकेको जानकारी दिनुभयो ।

    AGNI GROUP

    रिङ्कु साथै विष सेवन गरेका उषा पण्डित र सन्जु यादवको बर्दिवासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहेको छ । दुवै छात्राको अवस्था मध्यम रहेको अस्पतालका डा. उदय दिवाकरले बताउनुभयो । शिक्षालयका प्रशासकीय अधिकृत दाबा योन्जनले विष सेवन गरेका तीनै जना जियोमेट्री अमिन विषयको प्रथम वर्षका छात्रा रहेको बताउनुभयो । विष सेवन गर्नुपर्ने एकिन कारण खुल्न सकेको छैन । तर एकजना छात्राको टेस्ट परीक्षा बिग्रेको पीडामा विष सेवन गरेको प्रारम्भिक सोधपुछमा खुलेको छ ।

    शिक्षालयले केही दिनअघि लिएको टेस्टमा मृतक रिङ्कुको फिजिक्सको पेपर बिग्रिएका कारण विष सेवन गरेको अस्पतालमा भर्ना हुनुभएको सन्जुले बताउनुभयो । सोमबार बिदाको दिन भएकाले तीनै जना छात्रा गाईड किन्न बर्दिवास बजार गएका थिए । गाइड किनेपछि रिङ्कुले लुकेर विष पनि किनेको अस्पतालमा उपचार गराइरहेका उषा र सन्जुले बताउनुभयो ।

    बर्दिवासबाट खयरमारा फर्कने क्रममा जङ्गली क्षेत्रमा पुगेर रिङ्कुले पहिले आधा सिसी विष सेवन गर्नुभएको थियो । रिङ्कुको करकापमा परेर आफुहरूले पनि एक एक बिर्को सेवन गरेपछि त्यसपछि के भयो थाहा नभएको दुवै छात्राले बताउनुभयो ।

    रिङ्कुले विष सेवन गरेपछि ‘म त मरि हाल्छु साथै नमरे तिमीहरूलाई प्रहरीले पक्राउ गरी जेल हाल्छ’ भनेपछि डराएर बाध्य भएर एक एक बिर्को विष सेवन गरेको सन्जुले बताउनुभयो । बर्दिवास प्रहरीका डिएसपी रेवती रमण पोखरेलले घटनाबारे थप विवरण सङ्कलन र छानबिन भइरहेको बताउनुभयो ।
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij