Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

६ वटा कुकुर मारेको आरोपमा दुई जना पक्राउ

६ वटा कुकुर मारेको आरोपमा दुई जना पक्राउ

  • काठमाडौं : नवलपरासी बर्दघाट सुस्ता पश्चिम मा ६ वटा कुकुर मारेको आरोपमा दुई जना पक्राउ परेका छन्।

    onlinepatrika
    Arghakhachi

    कुकुरलाई निर्दयतापूर्वक मारेको भन्दै दुई जनालाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रेशम बोहराले जानकारी दिए। सुस्ता गाउँपालिका ५ बेलवानीका ३३ वर्षीय राजकुमार सारू मगर र २८ वर्षीय अमनकुमार चिडी मगर छन्। उनीहरूले गत शनिबार अपराह्न साढे ४ बजे नारायणी नदी किनारमा कुकुर मारेका थिए।

    AGNI GROUP

    कुकुरलाई निर्मम र निर्दयतापूर्वक मारेको भिडिओ खिचेर सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरेका थिए। सामाजिक सञ्जालमा भिडिओ आएपछि प्रहरीले संलग्न व्यक्तिको खोजी थालेको थियो। कुकुर मार्ने व्यक्ति राजकुमार रहेको र अमनकुमारले भिडिओ बनाएको अनुसन्धानमा खुलेको प्रहरीको भनाइ छ।

    उनीहरूमाथि प्रहरीले मुलुकी अपराध संहिताको पशुपन्छीसम्बन्धी कसुरको उलंघन गरेको आरोप छ। पशुपंक्षीमाथि निर्दयी व्यवहार गर्नेलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ। त्यस्तै सार्वजनिक स्थलमा पशुपंक्षी मारेमा एक महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुन सक्ने भनिएको छ।

    यस कसुरअनुसार अनुसन्धान गर्न जिल्ला अदालतबाट सात दिन हिरासतमा राख्न प्रहरीले अनुमति लिएको छ। इलाका प्रहरी कार्यालय बेलाटारीबाट घटनाको अनुसन्धान अघि बढाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij