Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

लागुऔषध गाँजासहित दुई महिला पक्राउ

लागुऔषध गाँजासहित दुई महिला पक्राउ

  • हेटौंडा बजारक्षेत्रमा हिँडिरहेका दुई महिला लागुऔषध गाँजासहित पक्राउ परेका छन्।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले गस्ती गर्ने क्रममा १० किलो २७० ग्राम गाँजासहित दुई महिलालाई नियन्त्रणमा लिएको हो। बिहीबार आज बिहान ६ बजेतिरको समयमा हेटौंडा–४ नारायणी मल नजिकै सडकमा हिँडिरहेका मकवानपुरको कैलाश गाउँपालिका–५ भैराङकी ३० वर्षीया अंजली गोले र हेटौंडा उपमहानगरपालिका–३ बसामाडीकी ५१ वर्षीया ज्ञानुमाया गोले पक्राउ परेका हुन्।

    AGNI GROUP

    झोला बोकेर हिँडिरहेका दुवै महिलालाई शंका गरी खानतलासी गर्ने क्रममा लागुऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेका उनीहरूविरुद्ध लागुऔषध नियन्त्रण ऐनअनुसार थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij