Jun 08 2026 | २०८३, जेठ २५ गते
वीरगन्ज : चालु आर्थिक वर्षको पाँच महिनामा वीरगञ्जबाट धानचामलको आयात बढेको छ। वीरगञ्ज भन्सार कार्यालयका अनुसार पाँच महिनामा रु तीन अर्ब ९३ करोड ६३ लाख २० हजारको धान आयात भएको छ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा धान आयात ६०.२८ प्रतिशतले बढेको छ। साथै राजस्व सङ्कलनको आधार पनि १४५.२३ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको पाँच महिनामा दुई अर्ब ४० करोड ३१ लाख ६४ बराबरको धान आयात भएको थियो।
चालु आर्थिक वर्षको पाँच महिनामा ९२ करोड ८० लाख ९० हजार मूल्य बराबरको ८८ लाख ६६ हजार ५४० किलोग्राम चामल आयात भएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा चामल आयात ५४.१२ प्रतिशत र राजस्व संकलनको आधारमा २०.८८ प्रतिशतले वृद्धि भएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij